पोखरा पर्यटन परिषदले चीनबाट ल्यायो स्वास्थ्य सामग्री 

पोखरा पर्यटन परिषदले चीनबाट ल्यायो स्वास्थ्य सामग्री 

२०७८, जेठ १५ शनिवार

  • 1.3K
    SHARES

  • पोखरा पर्यटन परिषदले चीनबाट ल्यायो स्वास्थ्य सामग्री 

    पोखरा । पोखरा पर्यटन परिषदले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’ सहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ ।

    परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव रु ११ लाख बराबारको छ थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन, पाँचसय सेट पिपिइ, एकहजार पञ्जा र दशहजार मास्क ल्याइएको जानकारी दिए । उनले भने, “अहिलेको अवस्था निकै जटिल छ, मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका  हौ । ”

    परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिए ।

    ती सामग्री आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई  हस्तान्तरण गरिने जनाइएको छ ।

    २०७८, जेठ १५ शनिवार०५:०८:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार