आलुबखडा खानुका यस्ता छन् फाइदा, क्यान्सर समेत निको हुने दाबी

आलुबखडा खानुका यस्ता छन् फाइदा, क्यान्सर समेत निको हुने दाबी

२०७८, जेठ १७ सोमवार

  • 1.7K
    SHARES

  • आलुबखडा खानुका यस्ता छन् फाइदा, क्यान्सर समेत निको हुने दाबी

    काठमाडौ । आलुबखडा नेपालमा पाइने एक प्रकारको फल हो । यो फलको स्वाद अमिलो र गुलियो हुन्छ । यसबाट जाम पनि बनाइन्छ । यो रातो, कालो, पहेँलो र कतैकतै हरियो रङको पनि हुन्छ । प्रायजसो यो फलको बाहिरको पातलो बोक्रा निकै चम्किलो हुन्छ । यसको गुदी रसदार हुन्छ र यसलाई सिधै खान सकिन्छ ।

    आलुबखडामा थुप्रै पोषक तत्व पाइन्छ । यसमा भिटामिन सी, ए, के र फाइबरजस्ता पोषक तत्व पाइन्छन् । यसबाहेक यो एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि निकै लाभकारी छ । यसले स्वास्थ्यका विभिन्न समस्यालाई टाढा राख्न मद्दत गर्छ । आलुबखडा खानुका फाइदा :

    तौल घटाउनका लागिः

    आलुबखडामा सुपरअक्साइड हुन्छ । यसलाई अक्सिजन रेडिकल पनि भनिन्छ । यसले शरीरको बोसोलाई कम गर्नमा मद्दत गर्छ । त्यसैले यदि तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटमा आलुबखडा समावेश गर्न सक्नुहुन्छ ।

    हड्डी बलियो बनाउनका लागिः

    आलुबखडामा थुप्रै पोषक तत्व हुन्छन् । यसमा भिटामिन के हुन्छ । यसले शरीरलाई हड्डी बलियो बनाउन मद्दत गर्छ । महिलाका लागि भिटामिन के को सेवन निकै लाभदायी छ । महिनावारी रोकिन लागेका महिलालाई यसले निकै फाइदा पुर्याउँछ ।

    सुगर नियन्त्रणका लागिः

    आलुबखडाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, यसले कोलेस्ट्रोललाई पनि कम गर्न मद्दत गर्छ । यसमा ओमेगा–थ्री भरपुर मात्रामा पाइन्छ । यसले मुटुसँग सम्बन्धित रोगलाई टाढा राख्न मद्दत गर्छ । यसमार्फत् हृदयघात र स्ट्रोकको खतरालाई कम गर्न सकिन्छ । त्यसैले मुटुलाई स्वस्थ राख्नका लागि आलुबखडाको सेवन गर्न सक्नुहुन्छ ।

    रुघा–खोकीको समस्याः

    आलुबखडामा भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसले तपाईंंको प्रतिरोधी क्षमता बढाउँछ । यसको सेवन गर्दा रुघा–खोकीजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    पाचन तन्त्र स्वस्थ राख्नका लागिः

    आलुबखडाले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा फाइबर भरपुर मात्रामा हुन्छ । यसका साथै यसमा आइटिन र सोर्बिटोल हुन्छ । यसले पाचन क्रियालाई राम्रोसँग काम गर्न सहयोग गर्छ ।

    क्यान्सरको रोकथामः

    आलुबखडामा थुप्रै पोषक तत्व पाइन्छन् । यसको सेवन गर्दा शरीरमा क्यान्सरको कोसिका बढ्न पाउँदैन । यसमा बिटा क्यारोटिन पाइन्छ । यसले क्यान्सर रोक्न मद्दत गर्छ । यसले फोक्सो र मुखको क्यान्सर हुनबाट जोगाउँछ । त्यसैले क्यान्सरको रोकथामका लागि नियमित रुपमा आलुबखडाको सेवन गर्न सक्नुहुन्छ । -एजेन्सीको सहयोगमा

    २०७८, जेठ १७ सोमवार०५:१७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार