प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

२०७८, जेठ २० बिहिवार

  • 3.7K
    SHARES

  • प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

    काठमाडौँ । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।

    ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गरेको उक्त दूतावासले आज जनाएको छ ।

    त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे ।

    २०७८, जेठ २० बिहिवार०४:१३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार