काठमाडौं । सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।
दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन यथेष्ट अक्सिजनको मात्रामा व्यवस्थापन गर्न पनि सबै अस्पताललाई मन्त्रालयले भनेको छ ।
