स्लोभेनिया, अष्ट्रिया र माल्टाबाटप्राप्त सहायता सामग्री हस्तान्तरण

स्लोभेनिया, अष्ट्रिया र माल्टाबाटप्राप्त सहायता सामग्री हस्तान्तरण

२०७८, जेठ ३० आइतवार

  • 1.6K
    SHARES

  • स्लोभेनिया, अष्ट्रिया र माल्टाबाटप्राप्त सहायता सामग्री हस्तान्तरण

    काठमाडौँ । युरोपेली सङ्घ (इयू)का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि यहाँस्थिति युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरलेललाई ती सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     हस्तान्तरित स्वास्थ्य सामग्रीमा एन्टिजेन परीक्षण किट, पल्स् अक्सिमिटर, एफ्एफ्पीटुमास्क, फेस् शिल्डलगायत सामाग्री  छन् ।

    आज प्रदान गरिएको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको ‘टिम युरोप’को ऐक्यबद्धताको अर्को उदाहरण भएको बताउँदै ‘‘यो महामारीको सुरुवातदेखि नै “टिम युरोप” नेपालसँगै उभिएको छ र नेपाललाई सघाउन हामी तत्पर छौँ, सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन,” राजदूत डेप्रेले भने ।

    २०७८, जेठ ३० आइतवार०५:५५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार