अक्सिजन दिएर पूर्वप्रधानमन्त्री खनालको उपचार हुँदै 

अक्सिजन दिएर पूर्वप्रधानमन्त्री खनालको उपचार हुँदै 

२०७८, जेठ ३१ सोमवार

  • 1.5K
    SHARES

  • अक्सिजन दिएर पूर्वप्रधानमन्त्री खनालको उपचार हुँदै 

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अक्सिजन दिएर उपचार अगाडि बढाइएको छ । 

    उनमा ज्वरो आइरहने र कमजोरीको महशुस भएपछि आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

    अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो ।

    नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उनमा ९ दिन अघि देखि ज्वरो आएको बताइएको छ । 

    उपचारमा संलग्न चिकित्सकका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

    २०७८, जेठ ३१ सोमवार०५:३९:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार