कोरोना निको हुनेदर हालसम्मकै उच्च 

कोरोना निको हुनेदर हालसम्मकै उच्च 

२०७८, आषाढ ८ मंगलवार

  • 1.1K
    SHARES

  • कोरोना निको हुनेदर हालसम्मकै उच्च 

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो । 

    सोही अबधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १३० सङ्क्रमित निको भएका छन् । यो हालसम्मकै निको  हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको छ ।

    २०७८, आषाढ ८ मंगलवार०७:४०:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार