कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमा महत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमा महत

२०७८, आषाढ १० बिहिवार

  • 1.7K
    SHARES

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमा महत

    कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रारमा चन्दननाथ नगरपालिका–७ जुम्ला महतगाउँ निवासी नृपेन्द्र महत नियुक्त भएका छन् ।

    जेठ १६ गते निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षीय पदावधि सकिएपछि उक्त पद खाली थियो । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले असार ३ गते महतलाई रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेका जनाइएको छ ।

    यही बुधबार रजिष्ट्रारको नियुक्ति बुझेको महतले जानकारी दिए । व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर महतले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर संस्थाको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्ण जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । 

    २०७८, आषाढ १० बिहिवार११:२६:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार