मेचीका ४ जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

मेचीका ४ जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

२०७८, आषाढ ११ शुक्रवार

  • 1.0K
    SHARES

  • मेचीका ४ जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    झापा । कोभिड–१९ का बिरामीलाई उपचारमा सहयोग पु-याउने उद्देश्यले गैरआवासीय नेपाल सङ्घले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई गरी २५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । 

    सङ्घले चारवटै जिल्लाका कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई मेची अभियानमार्फत सो अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

    अभियानका संयोजक विजय डालमियाले चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिसकेको बताए । 

    प्रतिथान रु दुई लाख ३० हजारका दरले खरीद गरिएका अक्सिजन कन्सन्ट्रेटरमध्ये झापालाई १२, इलाम, पाँचथर र ताप्लेजुङलाई दुई/दुई थान हस्तान्तरण गरिएको उनको भनाइ छ ।

    झापालगायत पूर्वी पहाडी जिल्लाका कोडिभ–१९ का बिरामीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा सङ्घले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

    प्रजिअ तथा कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार तिम्सिनाले सङ्घबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर जिल्लाका १२ पालिकालाई तत्काल उपलब्ध गराएको बताए ।

    उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर प्राप्त गर्ने पालिकामा विर्तामोड, अर्जुनधारा, कनकाई, दमक, गौरादह, शिवसातक्षी नगरपालिका, हल्दिबारी, कचनकवल, झापा, बाह्रदशी, गौरीगञ्ज, कमल गाउँपालिका छन् । 

    २०७८, आषाढ ११ शुक्रवार०१:२५:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार