विश्व स्वास्थ्य सङ्गठनद्धारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

विश्व स्वास्थ्य सङ्गठनद्धारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

२०७८, आषाढ २३ बुधवार

  • 1.1K
    SHARES

  • विश्व स्वास्थ्य सङ्गठनद्धारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।  

    औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो । 

    “कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाइ पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,” डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने । -एजेन्सी । 

    २०७८, आषाढ २३ बुधवार०३:४६:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार