भारत सरकारद्धारा एक सय पचास श्यया हस्तान्तरण

भारत सरकारद्धारा एक सय पचास श्यया हस्तान्तरण

२०७८, श्रावण ३ आइतवार

  • 1.1K
    SHARES

  • भारत सरकारद्धारा एक सय पचास श्यया हस्तान्तरण

    काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ उपचारमा आवश्यक पर्ने सघन उपचार कक्षका निम्ति आज १५० श्यया हस्तान्तरण गरेको छ । 

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित सङ्क्षिप्त समारोहमा उपहारस्वरूप प्रतिकात्मक रूपमा १५० श्यया हस्तान्तरण गरेको छ ।

    त्यस अवसरमा मन्त्री कार्कीले भारत सरकारको सहयोगका निम्ति कृतज्ञता ज्ञापन गर्दै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा भारतीय सहयोग महत्वपूर्ण हुने बताउँदै त्यसले दुई देशबीचको सम्बन्ध र सद्भावलाई उजागर गरेको बताए ।

    राजदूत क्वात्राले महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधारका क्षेत्रमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    २०७८, श्रावण ३ आइतवार०६:४५:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार