चीनबाट आठ लाख मात्रा खोप ल्याइयो 

चीनबाट आठ लाख मात्रा खोप ल्याइयो 

२०७८, श्रावण ८ शुक्रवार

  • 933
    SHARES

  • चीनबाट आठ लाख मात्रा खोप ल्याइयो 

    काठमाडौँ । छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ । 

    चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

    आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।  

    उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए ।

    यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । 

    २०७८, श्रावण ८ शुक्रवार०७:१७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार