कोभिड वार्ड सञ्चालनमा

कोभिड वार्ड सञ्चालनमा

२०७८, श्रावण ९ शनिवार

  • 961
    SHARES

  • कोभिड वार्ड सञ्चालनमा

    बैतडी । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ ।

    अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको  जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए।  

    स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोेरोना भाइरसको महामारीसँग जुध्नका लागि थप १० श्ययाको वार्ड सञ्चालनमा ल्याएको हो ।

    यसअघि जिल्ला अस्पतालमा १८ शय्याको कोभिड वार्ड सञ्चालनमा रहेको थियो ।  उनले भने, “कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले पूर्वतयारी स्वरूप कोभिड वार्ड सञ्चालनमा ल्याएका हौँ ।”

    अस्पताललमा अब २८ शय्याको कोभिड वार्ड  सञ्चालनमा आएसँगै कोभिडका बिरामीहरुलाई सहजै उपचार गराउन सहज हुने भएको छ ।

    बैतडीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २७ रहेको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ । कोेरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीका साउन १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।  

    २०७८, श्रावण ९ शनिवार०२:४४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार