भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

२०७८, श्रावण १७ आइतवार

  • 997
    SHARES

  • भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    बागमती । मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  

    भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।

    बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

    २०७८, श्रावण १७ आइतवार०७:४१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार