आजदेखि कोभिशिल्ड लगाएका १४ लाखलाई अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै, काठमाडौंमा मात्र १४४ वटा केन्द्र 

आजदेखि कोभिशिल्ड लगाएका १४ लाखलाई अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै, काठमाडौंमा मात्र १४४ वटा केन्द्र 

२०७८, श्रावण २५ सोमवार

  • 977
    SHARES

  • आजदेखि कोभिशिल्ड लगाएका १४ लाखलाई अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै, काठमाडौंमा मात्र १४४ वटा केन्द्र 

    काठमाडौं । कोभिसिल्ड खोपको दोस्रो डोजको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनेका खोप लगाइँदैछ । गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप अस्ट्राजेनेका लगाउन लागिएको हो।

    गत चैतमा अक्सफोर्ड -एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। दोस्रो डोज १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।

    दोस्रो डोज लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरिएको छ । मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने भएको छ ।

    काठमाडौंमा १४४ वटा खोप केन्द्र तोकिएको छ। यसअघि भेरोसेल खोपको दोस्रो डोज लगाउँदा कायम भएका खोप केन्द्रमा आजदेखि अस्ट्राजेनेका खोप लगाउन लागिएको हो ।

    काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ। कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ।

    bigyapti.jpg

    २०७८, श्रावण २५ सोमवार०८:५५:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार