रु एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

रु एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

२०७८, कार्तिक ७ आइतवार

  • 785
    SHARES

  • रु एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा रु एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । 

    जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो ।

    अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ ।

    सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ । 

    नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए ।

    अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए ।

    २०७८, कार्तिक ७ आइतवार०२:४६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार