आज काठमाडौँ महानगरका ३२ वटा वडामा खोप लगाइँदै

आज काठमाडौँ महानगरका ३२ वटा वडामा खोप लगाइँदै

२०७८, मंसिर ८ बुधवार

  • 897
    SHARES

  • आज काठमाडौँ महानगरका ३२ वटा वडामा खोप लगाइँदै

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।

    महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रहरुमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम सञ्चालन हुने भएको हो।

    ती खोप केन्द्रहरुमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो तथा दोस्रो डोज खोप लगाइने महागरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

    मंगलबार पनि महानरपालिकाकाले खोप लगाउने कार्यक्रम सञ्चालन गरेको थियो।

    यसैबीच स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले काठमाडौँका विभिन्न चार स्थानमा कोरोनाविरुद्धको एक महिने खोप कार्यक्रम सञ्चालन गरिरहेको छ।

    मंसिर ५ गतेदेखि उपत्यकाबाट बाहिरिने तथा भित्रिनेलाई यात्रुलाई लक्षित गरी कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिने कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको हो।

    २०७८, मंसिर ८ बुधवार०९:१३:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार