ग्राण्डीको निर्देशकमा डा. बिजुक्छे, बाहिरिए डा. पाण्डे

ग्राण्डीको निर्देशकमा डा. बिजुक्छे, बाहिरिए डा. पाण्डे

२०७८, मंसिर ९ बिहिवार

  • 985
    SHARES

  • ग्राण्डीको निर्देशकमा डा. बिजुक्छे, बाहिरिए डा. पाण्डे

    काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल निर्देशकमा डा. विनोद बिजुक्छे नियुक्त भएका छन् । ग्राण्डीको बुधवार दिउँसो बसेको सञ्चालक समितिको बैठकले डा. बिजुक्छेलाई चार वर्षका लागि मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

    ग्राण्डीका मेडिकल निर्देशक डा. चक्रराज पाण्डे सो पदबाट हटेसँगै उपनिर्देशकसमेत रहेका डा. बिजुक्छेलाई मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो । ग्राण्डीको स्थापनाकालदेखि नै कार्यरत डा. बिजुक्छे वरिष्ठ स्पाइनल सर्जन हुन् ।

    अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमा नै प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा स्थापना भएको ग्राण्डीले हाल २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ ।

    बरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डेको टिमले दक्षिण एशियाकै सुविधा सम्पन्न अस्पताल संचालन गरेका जानकार बताउँछन् । 

    २०७८, मंसिर ९ बिहिवार०७:५२:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार