पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने

पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने

२०७८, मंसिर २४ शुक्रवार

  • 1.2K
    SHARES

  • पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने

    काठमाडौँ । सरकारले पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।

    स्वास्थ्य सेवा विभाग खोप शाखाले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने बताएको छ । त्यसैगरी दोस्रो चरणको खोप माघ २ गतेदेखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । हाल शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन भइरहेको महाशाखाका प्रमुख विवेक लालले बताए ।

    यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागले जनाएको छ । यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।

    २०७८, मंसिर २४ शुक्रवार०८:०५:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार