आज बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव हुँदै 

आज बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव हुँदै 

२०७९, आषाढ २३ बिहिवार

  • 2.0K
    SHARES

  • आज बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव हुँदै 

    काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार चुनाव हुँदैछ।

    ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन नभएको भन्दै निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

    ३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए।

    १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ। बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ।

    मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्। खाती महान्यायाधिवक्ता खक्ब बहादुर खातीका सहोदर दाजु हुन् । 

    २०७९, आषाढ २३ बिहिवार०७:४३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार