पोखरा । पोखरामा आज (शुक्रबार)देखि मेयर सम्मेलन हुँदै छ ।
पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् ।
महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ ।
यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए ।
उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताएका छन् ।
सम्मेलनबाट आएका सुझावलाई ग्रहण गर्दै मेयरहरुले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रुपमा प्रदेश र सङ्घ सरकारमा बुझाउने बताएका छन् ।