जनक शिक्षामा सेना पस्यो

जनक शिक्षामा सेना पस्यो

२०७८, चैत्र १७ बिहिवार

  • 1.7K
    SHARES

  • जनक शिक्षामा सेना पस्यो

    काठमाडौं । स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ । 

    निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा भित्री सुरक्षाको जिम्मा पाएको नेपाली सेना केन्द्रको प्रेसको सुरक्षार्थ तैनाथ भएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    केन्द्रका एक कर्मचारीले दिएको जानकारी अनुसार हिजो दिउँसोबाट नेपाली सेनाको टोली जनक शिक्षा प्रवेश गरेको हो । उहाँका अनुसार सो टोली मतपत्र छाप्ने काम नसकेसम्म प्रेसमै बस्नेछन् ।

    नेपाली सेनासँगै दोस्रो घेराको जिम्मा पाएका सशस्त्र प्रहरी र तेस्रो घेराको जिम्मा पाएको नेपाल प्रहरीको टोलीसमेत प्रेसमा जाने भएका छन् । 

    एसईईको प्रश्नपत्र छपाइ सकेलगत्तै चिकित्सा शिक्षा आयोगको प्रश्नपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रमा अब मतपत्र र नियमित रूपमा पाठ्यपुस्तकको छपाइ हुनेछ ।

    २०७८, चैत्र १७ बिहिवार०८:०६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार