शिक्षा, स्वास्थ्यको हब मानिएको चावहिल क्षेत्रबाट एमाले अध्यक्षको उमेदवार पुडासैनी, भट्टराई की पराजुली ?

शिक्षा, स्वास्थ्यको हब मानिएको चावहिल क्षेत्रबाट एमाले अध्यक्षको उमेदवार पुडासैनी, भट्टराई की पराजुली ?

२०७९, बैशाख ३ शनिवार

  • 2.7K
    SHARES

  • शिक्षा, स्वास्थ्यको हब मानिएको चावहिल क्षेत्रबाट एमाले अध्यक्षको उमेदवार पुडासैनी, भट्टराई की पराजुली ?

    काठमाडौं । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा उमेदवार छनोटको विषय पनि पेचिलो बन्दै गएको छ । 

    देशैभर एमाले लहर चलेको देखिएको प्रमूख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा काठमाडौं महानगरपालिका वडा नं ७ अर्थात चावहिल क्षेत्रका अध्यक्षमा ३ जनाको दाबी परेको छ । यसरी दावी गर्नेहरु हालका जनप्रतिनिधि कृष्णमणि भट्टराई, निवर्तमान क्षेत्रीय सचिव टिका पराजुली देखि हालका वडा कमिटी अध्यक्ष दिपेन्द्र पुडासैनी सम्म रहेका छन् । 

    भट्टराई वि.सं. २०७४ सालको स्थानिय तहको निर्वाचनमा अध्यक्षका सशक्त उमेदवार रहेपनि अन्तिममा सदस्यमा चित्त बुझाउँदै निर्वाचनमा होमिदा लोकप्रिय मत सहित विजयी भएका थिए । सरल स्वभाव, आर्थिक रुपमा निश्कलंक र जनतासँग भिजेर काम गर्ने क्षमता राख्ने भएकै कारण भट्टराई अध्यक्षका बलीया प्रत्यासी मानिएका छन् । 

    त्यस्तै, पार्टीमा लामो समय सम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका पराजुलीले एक कार्यकाल क्षेत्रीय सचिव भएर जिम्मेवारी निर्वाह गरेका थिए । उनी सरल, इमान्दारका साथै त्यागी र निष्ठाबान कार्यकर्तामा गनिन्छन् । जनताप्रतिको मिठासपूर्ण व्यवहार र लगावका कारण उनलाई अर्को बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

    त्यसैगरि प्राध्यापन पेशामा रहँदै पार्टीको महत्वपूर्ण भूमिकालाई आत्मसाथ गरेर असहज अवस्थामा पार्टी जिम्मेवारी अगाडी बढाउँदै गरेका पुडासैनी अध्यक्षका अर्का निर्णायक प्रत्यासी हुन् ।

    unl-1.jpg

    यस्तै, खुला सदस्यमा आरिफ खान, हरिभक्त महर्जन, अमृत जंग थापा र कृष्ण प्रसाद चालिसे; महिला सदस्यमा सरस्वती कार्की, मेनुका सापकोटा, रेनु गिरी र अन्जु शर्मा घिमिरे रहेका छन् भने दलित महिला सदस्यमा चन्द्रकला सुन्दास र चना परियारको दावी रहेको छ । 

    अध्यक्ष देखि सदस्य सम्म १३ जनाको दावी रहेपनि सर्वसम्मत गर्न अधिकतम प्रयासरत रहेको वडा कमिटी सचिव रामकृष्ण पौडेलले बताएका छन् ।  

    काठमाडौंको रिंगरोड क्षेत्रको महत्वपूर्ण बजारकोे रुपमा स्थापित चावहिल क्षेत्रको जनप्रतिनिधि को बन्ने भन्ने चासो महत्वता साथ हेरिने गरेको स्थानियको भनाई छ । यस वडालाई शिक्षा, स्वास्थ्य र यातायातका लागि नमूना कै रुपमा लिने गरिन्छ ।

    सामुदायिक रुपमा चलेको चावहिल बहुमुखी क्याम्पस देखि लिएर निजी कलेजका रुपमा सेन्ट लरेन्स, टेक्सास, जिपी कोईराला, पुष्पलाल बहुमुखी क्याम्पस, लुम्बिनी बहुमुखी क्याम्पस लगाएतले शैक्षिक क्षेत्रको नेतृत्व गरेका छन् ।

    स्वास्थ्य क्षेत्रमा ओम अस्पताल देखि मेडिकेयर, हेल्पिंग ह्याण्डस, दिर्घायु, नेपाल- भारत मैत्री अस्पताल सम्मले विरामीको जाँज, इलाज गर्ने गर्दछन् ।

    यातायात अन्तर्गत वागमती पूर्वका अधिकांश पहाडी तथा तराईका जिल्लामा जानेहरुको शुरुवाती गन्तव्य नै यस वडा क्षेत्र रहेकाले यहाँका जनप्रतिनिधिलाई चासो पूर्वक नियाल्ने गरिएको हो । ७७ वटै जिल्लाका मानिसको बसोबास रहेकाले पनि सुरक्षा लगाएतका कारणबाट पनि त्यत्तिकै संवेदनशिलताका साथ यस वडालाई नियाल्ने गरिएको छ ।

    विविध कारणबस महत्वपूर्ण मानिएको यस वडामा कर्मशिल एवं जुझारु जनप्रतिनिधिको आवश्यकता खड्किएको स्थानिय मिनु खनालले बताइन् । 

    २०७९, बैशाख ३ शनिवार०६:५६:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार