स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता सुरु,आचारसंहिता पालना गर्न आयोगको अपील

स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता सुरु,आचारसंहिता पालना गर्न आयोगको अपील

२०७९, बैशाख ११ आइतवार

  • 1.4K
    SHARES

  • स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता सुरु,आचारसंहिता पालना गर्न आयोगको अपील

    काठमाडौँ । यही वैशाख ३० का गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ ।

    आयोगका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

    यस पटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको छ ।

    आज र भोलि  दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।

    देशैभर मनोनयन दर्ता र निर्वाचन प्रक्रियाको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

    देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्य सञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।

    वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय गरिएको छ ।

    वैशाख १५ मा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

     वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

    ‘यदि आचार संहिता विपरीत कार्य भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा जानकारी गराइएको छ,’ आयोगले प्रेस नोटमा भनेको छ ।

    २०७९, बैशाख ११ आइतवार०७:०६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार