स्थानीय तह निर्वाचनका लागि देशभरि ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनका लागि देशभरि ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

२०७९, बैशाख १३ मंगलवार

  • 1.4K
    SHARES

  • स्थानीय तह निर्वाचनका लागि देशभरि ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा देशभरि ८१ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राती साढे ८ बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    सबैभन्दा धेरै मधेस प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेश १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएका छन् ।

    यसैगरी ४ सय ६० गाउँपालिकाको अध्यक्षका लागि २ हजार ४९७ र उपाध्यक्षका लागि एक हजार ७२६ जनाले मनोनयन दर्ता गराएका छन् ।

    ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा अध्यक्षका लागि २० हजार १७६ जना, ६ हजार ७४३ वटै महिला वडा सदस्यका लागि १३ हजार ५५४ जना, ६ हजार ७४३ वटै दलित महिला सदस्यका लागि १२ हजार १८१ र प्रत्येक वडामा दुई वडा सदस्यका दरले ६ हजार ७४३ वडामा १३ हजार ४८६ वडा सदस्यका लागि २८ हजार २२८ जनले मनोनयन दर्ता गराएका छन् ।

    २०७९, बैशाख १३ मंगलवार०८:०५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार