आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

२०७९, बैशाख १५ बिहिवार

  • 1.0K
    SHARES

  • आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज ९बिहीबार० प्रकाशन गर्दै छ ।

    वैशाख १२ र १३ मा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो ।

    १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन हुनेछ ।

    निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

    २०७९, बैशाख १५ बिहिवार०८:०२:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार