काठमाडौं । आसन्न निर्वाचन केन्द्रित भएर नेकपा एमालेले काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति गठन गरेको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको हो ।
यससॅगै पोखरेलले समग्र निर्वाचन परिचालनको कमाण्डर भएर जिम्मेवारी निर्वाह गर्ने छन् ।