बसन्त ऋतुको आगमनसँगै काठमाडौं - ६ मा बसन्त लामाकै अधिक चर्चा

बसन्त ऋतुको आगमनसँगै काठमाडौं - ६ मा बसन्त लामाकै अधिक चर्चा

२०७९, बैशाख २३ शुक्रवार

  • 3.0K
    SHARES

  • बसन्त ऋतुको आगमनसँगै काठमाडौं - ६ मा बसन्त लामाकै अधिक चर्चा

    काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन प्रचारप्रसार समय सकिनै लाग्दा सबै राजनीतिक पार्टीले मतदाताको घरदैलोमा पुग्ने अभियानलाई तिब्रता दिएका छन् ।

    सत्ता गठबन्धन पार्टीहरु (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोरचा) ले एउटा पोलको नेतृत्व गरेपनि निर्वाचनमा छिटपुट बाहेक प्रभावकारी तालमेल सहितको गठबन्धन गर्न सकेनन् । 

    विहिवार काठमाडौं महानगरपालिका वडा नं -६ स्थित बौद्ध क्षेत्रमा नेकपा एमाले अध्यक्षका उमेदवार बसन्त लामा, सदस्यहरु हरिबोल बोगटी, राजकुमार लामा, सिता श्रेष्ठ र अन्जु सुनार सहित सयौं नेता कार्यकर्ता लिएर गाजावाजा बजाउँदै घरदैलोमा निस्किएका थिए । 

    5.jpg

    वडाको सत्ता भन्दा बाहिर बसेका कारण प्रमूख प्रतिपक्षी नेकपा एमालेलाई मतदाताले तुलनात्मक रुपमा कम प्रश्न तेर्स्याए पनि आफ्ना माग भने राख्न छाडेनन् । अघिल्लो निर्वाचनमा एउटा मात्र सदस्य जितेको एमालेले नेपाली कांग्रेसबाट जितेका अध्यक्षले आफ्ना कुरा नसुनेको मुद्धा यसअघि नै जनतामाझ पुर्याइसकेको थियो ।   

    खानाको समय १ घण्टामात्र छुट्याएर दैनिकजसो दिनभरिनै मतदातामाझ पुग्न उत्साहित बसन्त लामा सहितको टोलीलाई अबिर, खादा, माला लगाउनेको तँछाडमछाड नै देखिन्थ्यो । फुर्तिला हरिबोल बोगटी, शान्त तथा सरल राजकुमार लामा, समाजसेवी सिता श्रेष्ठ र युवा उमेदवार अन्जु सुनारले जुझारु टिमको आभास दिएको छनक हुन्थ्यो । 

    मत माग्न जाँदा बाटा र ढलका समस्या अत्यधिक उठाएका स्थानियले बसन्त ऋतुको आगमनसँगै बसन्त लामाको चर्चा सुनाउँदा अध्यक्षका उमेदवार मुस्कुराएर अभिवादन फर्काउँथे । 

    7.jpg

    घरदैलोमा पुग्दा विकास खोज्ने तथा गुनासा राख्ने मतदातालाई निर्वाचित भएपछिको १५ दिनको समय सुझाव संकलनको समय हुने भएकाले घरमै आएर मतदाताका कुरा सुन्ने लामाले बताएका थिए ।

    मतमाग्दै जाँदा चर्खामा धागो कात्दै रहेकी ७५ वर्षीय गंगा कार्की जुरुक्क उठेर अंकमाल गर्दै शुभकामना दिँदाको माहोल नै उत्साहित देख्न्थ्यिो । अंकमालसँगै बृद्धभत्ता दिने पार्टीका उमेदवार आफ्नै आँगनमा देख्दा रमाइलो लागेको उनले बताइन् ।  

    यस अघि बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक भएर काम गरिसकेका लामा चिरपरिचित अनुहार भएको स्थानिय दिपक दाहालको भनाई छ । सरल, इमान्दार, निश्कलंक, जुझारु व्यक्ति भएकाले उनको चर्चा अधिक हुने गरेको स्थानिय कमल मगरले बताए । 

    3.jpg

    यस अघिका वडाध्यक्षले पार्टीका कार्यकर्ता तथा समर्थक भन्दा बाहिरका स्वतन्त्र नागरिकका काम गर्न सँधै आलटाल गर्ने गरेको प्रसंग कोट्याउनेहरु पनि प्रशस्तै देखिए ।

    एमालेबाट निर्वाचित सदस्य लक्ष्मी श्रेष्ठ पनि पार्टीको मूलप्रवाह भन्दा बाहिर गएकाले वडामा प्रतिपक्षीकै हैसिएतमा एमाले रहनपुगेको स्थानिय नेताको भनाई छ । श्रेष्ठ हाल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टी मात्र तालमेल गरेर बनाइएको अर्को नयाँ गठबन्धनबाट अध्यक्षको उमेदवार छिन् ।

    २०७४ सालको स्थानिय निर्वाचनमा वडाध्यक्ष दिपेन्द्र लामा सहित अन्य ३ सदस्य पदमा नेपाली कांग्रेसका उमेदवारले जितेका थिए । यस निर्वाचनमा भने नेपाली कांग्रेस भुवन लामाको नेतृत्वमा प्रतिस्पर्धामा उत्रिएको छ । 

    4.jpg8.jpg6.jpg

    २०७९, बैशाख २३ शुक्रवार०९:५४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार