अँधेरी रातमा पाँचतला माथिबाट सरोज ढकाल हैन भनेपछि .....

अँधेरी रातमा पाँचतला माथिबाट सरोज ढकाल हैन भनेपछि .....

२०७९, बैशाख २३ शुक्रवार

  • 3.5K
    SHARES

  • अँधेरी रातमा पाँचतला माथिबाट सरोज ढकाल हैन भनेपछि .....

    काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसार समय सकिनैलाग्दा उमेदवारलाई घरदैलोमा पुग्न भ्याईनभ्याई छ ।

    सबेरै बिहान र अबेर साँझ सम्म आफ्ना प्रतिवद्धता पत्र, हिजोको दिनमा आफु र आफ्नो पार्टीले गरेका गतिविधि झल्किने प्रचार सामग्री लिएर उमेदवार घरदैलोमा पुगिरहेका छन् । 

    विहिवार काठमाडौं महानगरपालिका वडा नं ३१ मा नेकपा एमाले नेता तथा प्रदेश सांसद गणेश प्रसाद दुलाल हस्याङफस्याङ गर्दै उमेदवारलाई घरघरमा पुर्याउन हतारिरहेका देखिन्थे । साँझ ६ बज्नै लाग्दा चुनावी गीतमा छमछमी नाचिरहेका महिला कार्यकर्तालाई घरको चुलाचौकाको चिन्ता भए जस्तो देखिन्थ्यो । 

    3.jpg

    निराजन मार्गबाट सचेतन मार्ग तर्फ प्रवेश गर्दा 'बा' खै त भन्नेहरु पनि निकै देखिए । 'बा' अथवा 'वडापिता'का नामले सम्बोधन गरिने वडाध्यक्ष नारायण भण्डारी पछि पछि जनतासँग भलाकुसारी गर्दै आफ्ना उमेदवारका बारेमा केही टिप्पणी छन् कि भनि सुन्दै हिँडिरहेका देखिन्थे । 'बा' किन चुनावमा उमेदवार नबनेको ? भनेर प्रश्न गर्ने मतदातालाई मेरा युवा र लोकप्रिय उमेदवार मैदानमा छन् बाबु- नानी भन्दा 'हुन्छ बा' भन्दै प्रश्नगर्नेहरु बाटो लाग्दथे । 

    करिब सात बजिसकेको थियो घरदैलो गर्न बाँकी रहेका केही घरमा मतदाता आँगनमा निस्किएर शुभकामना छ भन्दै खादा र अविरले स्वागत गर्न आतुर देखिन्थे ।

    त्यस्तै, सात तिस बज्न लागेको रहेछ । गीतको धुन केही सानो पार्दै घरदैलोमा पुग्दा अँधेरी रातमा जुनको उज्यालोले रमाइलो अनुभुति हुन्थ्यो ।

    2.jpg

    आँगनमा उभिएर केहीबेर सुचना घण्टी थिचेपछि पाँचौ तलाबाटै सरोज ढकाल हैन ! ल शुभकामना छ जनताका काम अहिले जस्तै निस्वार्थ ढंगले सम्पादन गर्नुहोला । तपाईँको बारेमा टोलभरि चर्चा छ । भोलि फेरि उज्यालामा भेटौं है आशिर्वाद छ भन्दै वार्ता सकेका थिए । 

    मतदाताको घरदैलोमा पुग्दा पहिल्यै मतदाताले आफुलाई नोटिस गरेको पाउँदा सदस्यका उमेदवार रमेश सत्याल, हुमादेवी आचार्य, अप्सरा संजेल (खनाल) र सान्नानी मिजार प्रफुल्लित देखिन्थे । 

    4.jpg

    यो पनि पढ्नुहोस् - फेरि फेरि आउनु है सरोज 'जी' भनिरहँदा प्रदिप ज्ञवालीको मुहारमा चमक

    २०७९, बैशाख २३ शुक्रवार०२:१२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार