मतपत्रमा कालो, रातो, नीलो वा हरियो मसीको कलमले हस्ताक्षर गर्न सकिने

मतपत्रमा कालो, रातो, नीलो वा हरियो मसीको कलमले हस्ताक्षर गर्न सकिने

२०७९, बैशाख २५ आइतवार

  • 1.2K
    SHARES

  • मतपत्रमा कालो, रातो, नीलो वा हरियो मसीको कलमले हस्ताक्षर गर्न सकिने

    काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ ।

    आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

    २०७९, बैशाख २५ आइतवार०७:०५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार