काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पुर्व सन्ध्यामा नेकपा एमाले काठमाडौँ महानगरपालिका वडा नं ३१ ले शक्ति प्रदर्शन गरेको छ ।

आईतवार महानगरपालिका प्रमुख, उपप्रमुखका एमाले उम्मेदवार क्रमशः केशव स्थापित र सुनिता डंगोल, वडाध्यक्षका उमेदवार सरोज ढकाल, सदस्यहरु रमेश सत्याल, हुमादेवी आचार्य, अप्सरा संजेल खनाल र सान्नानी मिजार सहित नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकका साथमा घरदैलो कार्यक्रम संचालन गरेको हो ।

ओम शान्ति चोकबाट शुरु भएको जुलुस जागृतिनगर, प्रयाग मार्ग, खरिबोट राधाकृष्ण मन्दिर, संगम चोक, मिलनचोक, पुरानो बानेश्वर हुॅदै भिमसेनगोलामा पुगेर टुङ्गिएको थियो ।
चोक चोकमा सूर्यको नक्सा बनाएर प्रमुख र उपप्रमुखलाई स्वागत गरेका स्थानीय उमेदवार सॅग फोटो खिच्न तॅछाडमछाड गरिरहेका देखिन्थे ।

हजारौॅ जनताको उपस्थितिले एमालेलाई उत्साहित बनाएको निर्वाचन परिचालन कमिटी संयोजक यमलाल गौतमको छोटो प्रतिक्रिया थियो ।

२०७४ सालको स्थानिय तहमा सेटै जितेको एमालेले पाँच वर्षमा पार्टीका जनप्रतिनिधिका विकासका काम र चुस्तदुरुस्त पार्टी संगठनका कारण दुई हजार मतान्तरले एमालेलाई जिताउन मतदाता आतुर रहेको युवा नेता केशव ओलीले बताए ।

