गोकर्णेश्वर एमालेमा अभुतपूर्व एकता, कार्यकर्ता उत्साहित

गोकर्णेश्वर एमालेमा अभुतपूर्व एकता, कार्यकर्ता उत्साहित

२०७९, बैशाख २७ मंगलवार

  • 1.7K
    SHARES

  • गोकर्णेश्वर एमालेमा अभुतपूर्व एकता, कार्यकर्ता उत्साहित

    काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको प्रचारप्रसार समय अन्तिम चरणमा पुगेको छ ।

    उमेदवार सहितको मतदाताको घरदैलो पुग्ने अभियान, शक्ति देखाउने र्याली तथा आमसभा अन्तिम चरणमा पुगेका छन् । 

    स्थानिय निर्वाचनमा सत्ताधारी पार्टीद्धारा केन्द्रमा गरिएको गठबन्धन राजधानीकै पूर्वउत्तरमा रहेको सुन्दर नगरि गोकर्णेश्वर नगरपालिकामा लागुभएको छैन । यहाँ नेकपा एमाले र नेपाली कांग्रेस एक्लाएक्लै, नेपाली कांग्रेसको विद्रोही समूह, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गर्दै निर्वाचनमा होमिएका छन् । यसरी हेर्दा यस नगरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

    1.jpg

    शनिवार गोकर्णेश्वरमा प्रमूख प्रतिपक्षी पार्टी नेकपा एमालेले पोलिटव्युरो सदस्यहरु तथा युवा सांसद कृष्ण राई एवं रामेश्वर फुँयालको उपस्थितिमा नगरका उमेदवार सहित विशाल र्याली सम्पन्न गरेको थियो । प्रमूख र उपप्रमूखका उमेदवार क्रमशः उद्धव विष्ट र सान्नानी लामा, नगरका ९ वटै वडाका अध्यक्ष तथा सदस्यहरु, नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक सहितको हजारौं हजारको र्यालीले बौद्ध जोरपाटी देखि सुन्दरिजल सम्मको पदयात्रा गरेको थियो । 

    भव्य पदयात्राबाट उत्साहित नेता कार्यकर्ताले एमालेको अभूतपूर्व एकताका कारण जित नजिक रहेको खुलासा गरेका थिए । "विगत १० वर्षको इतिहाँस हेर्दा यत्तिको संगठित र जुझारुपन एमाले कहिले पनि थिएन । यस पटक सबैमा जितको भोक जागेको छ," एमाले नगर कमिटी सदस्य तथा कार्यालय सचिव बिमल पुडासैनी बताउँछन् । 

    8.jpg

    "घरदैलो अभियानदेखि हरेक गतिविधि चुस्तदुरुस्त रहेकाले 'बिहानीको सूर्यको किरणले दिउँसोको अवस्था बताउँछ' भने जस्तै जितका लागि सबै नेता कार्यकर्ता लालायित देखिएका छन्," उपत्यका विशेष प्रदेश कमिटी सदस्य एकराज लकान्द्रीको भनाई छ ।  

    बामपन्थी बाहुल्य क्षेत्र भनेर चिनिने निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको यस नगरीमा २०७४ सालको स्थानिय निर्वाचनमा एमालेले नेपाली कांग्रेसका उमेदवार सन्तोष चालिसेसँग हार बेहोरेको थियो । सो निर्वाचनमा उमेदवारी छनोटमै तिब्र विवाद देखिएका कारण एमालेको हार निश्चित जस्तै देखिएको अर्का स्थानिय कार्यकर्ता बताउँछन् ।

    2.jpg

    पार्टी हराउन मूख्य भूमिका खेलेको आरोप लागेका तत्कालिन नेता गोपाल बराल लगाएतको समूह नै एमालेमा नरहेका कारण यसपटक एमालेलाई संगठित भएर निर्वाचनमा होमिन र जिततर्फ अग्रसर हुन सहज भएको उनको भनाई छ ।

    'पार्टीमा कहिले काहीँ व्यक्तिबाट अन्याय पनि हुन सक्ने तर धैर्य गर्दा प्रतिफल मिठो हुने कुरा बुझेका नेताहरु नै पार्टीलाई भड्खालोमा हाल्न खोज्दा आफैँ भड्खालोमा परे,' उनको आक्रोश थियो । व्यक्ति जति नै राम्रो भएपनि पार्टी चाहिने र त्यो पनि एमाले भन्दा बाहिरका पार्टीको कुनै अर्थ नरहने भएकाले यसपटक एमालेलाई मतदाताले जिताउने पनि उनको विश्वास छ । 

    7.jpg

    यस पटकको निर्वाचनमा उमेदवारीका लागि थुप्रै नेताको दावी रहेपनि तुलनात्मक रुपमा उद्धब विष्टनै योग्य रहेकाले एमालेको 'सहि उमेदवार, सहि स्थान' छनोटले जित निकाल्न सहज हुने विश्लेषकको भनाई छ । 

    यद्यपि अघिल्लो निर्वाचनमा जित निकालेको कांग्रेसले प्रमूखमा नयाँ उमेदवार दिपक रिसाल र उपप्रमूखमा पुनः शान्ति नेपाललाई नै उमेदवार बनाएको छ । सत्तासिन भएर मतदाताका अनेकौं प्रश्नका जवाफ दिनुपर्ने कांग्रेस र प्रमूख प्रतिपक्षी रहेर खबरदारी गरिरहेको एमाले र माओवादी केन्द्र सहितको गठबन्धन बनाएर निर्वाचनमा होमिएको गोपाल बराल समूहको विचमा रहेको त्रिपक्षीय प्रतिस्पर्धाको नतिजा कुर्न भने बैशाख ३० सम्मनै पर्खनु पर्ने देखिएको छ ।  

    5.jpg6.jpg

    २०७९, बैशाख २७ मंगलवार१०:१५:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार