आज र भोलि मतदाता शिक्षा दिँदै आयोग

आज र भोलि मतदाता शिक्षा दिँदै आयोग

२०७९, बैशाख २८ बुधवार

  • 1.5K
    SHARES

  • आज र भोलि मतदाता शिक्षा दिँदै आयोग

    काठमाडौँ। निर्वाचन आयोगले वैशाख आज (बुधबार) र (बिहीबार) भोलि मतदाता शिक्षा दिने भएको छ । पर्सी (वैशाख ३० गते शुक्रवार) निर्वाचन हुँदै छ ।

    निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ ।

    निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । 

    २०७९, बैशाख २८ बुधवार०८:०९:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार