मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विष्ट विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विष्ट विजयी

२०७९, बैशाख ३१ शनिवार

  • 1.1K
    SHARES

  • मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विष्ट विजयी

    म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

    चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा  एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।  

    नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गरेका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बताए । उनका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाए । यहाँ कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए । 

    लोघेकर दामोदरकुण्ड –१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए । 

    पाँच वडा रहेको लोघेकर दामोदरकुण्डमा एक हजार ४६२ मतदातामध्ये ९८० अर्थात ६७.०३ प्रतिशत मत खसेको थियो । अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख थिइन् । 

    २०७९, बैशाख ३१ शनिवार०८:१६:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार