गोकर्णेश्वर ३ मा नेकपा एमालेको प्यानलनै बिजयी

गोकर्णेश्वर ३ मा नेकपा एमालेको प्यानलनै बिजयी

२०७९, जेठ १ आइतवार

  • 1.3K
    SHARES

  • गोकर्णेश्वर ३ मा नेकपा एमालेको प्यानलनै बिजयी

    काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मुरारी प्रसाद कुइकेलको प्यानलनै विजयी भएको हो । अध्यक्ष कुइकेल संगै वडा सदस्यहरुमा बुद्धि बहादुर श्रेष्ठ, सचिन लामा, लक्ष्मी भण्डारी र चित्रमाया वि।क बिजयी भएका छन्।

    यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ३ मा नेपाली कांग्रेसले वडा अध्यक्ष राजेन्द्र भण्डारी सहित ३ सदस्य जितेको थियो । वडा नं ३ को मत गणना सकिँदा नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् । अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।

    २०७९, जेठ १ आइतवार११:३४:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार