गोकर्णेश्वर प्रमूख र उपप्रमूखमा ७ सयको मतान्तरमा एमालेको अग्रता 

गोकर्णेश्वर प्रमूख र उपप्रमूखमा ७ सयको मतान्तरमा एमालेको अग्रता 

२०७९, जेठ १ आइतवार

  • 1.4K
    SHARES

  • गोकर्णेश्वर प्रमूख र उपप्रमूखमा ७ सयको मतान्तरमा एमालेको अग्रता 

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको प्रमूख र उपप्रमूखमा नेकपा (एमाले) का उमेदवारले ७ सय भन्दा बढि मतान्तरले अग्रता लिएका छन् । 

    पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले नगर प्रमूखका उमेदवार उद्धव बिष्टले ३६४१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेदवार दिपक रिसालले २९०८ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमूखमा नेकपा एमालेकी उमेदवार सान्नानी लामाले ३५२३ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी उमेदवार शान्ता नेपालले २८०३ मतका साथ पछ्याईरहेकी छन् । 

    विष्टलाई वडा नं १ बाट ११४४, २ नं बाट १०९९ र ३ नं वडाबाट १३९८ मत प्राप्त भएको थियो भने रिसाललाई वडा नं १ मा १०४६, २ नं वडामा ८१८ र ३ नं वडामा १०४४ मत प्राप्त भएको थियो । त्यसैगरि लामाले वडा नं १ मा ११८७, २ नं वडामा १०९७ र ३ नं वडामा १२३९ मत प्राप्त गरेकी थिइन् भने नेपालले वडा नं १ मा ९७०, वडा नं २ मा ७७५ र वडा नं ३ मा १०५८ मत प्राप्त गरेकी थिइन् । 

     

     

    २०७९, जेठ १ आइतवार१२:२५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार