विर्तामोड । कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बताएका छन्।
अहिलेसम्म ६ हजार ४२१ मतगणना गर्दा थापाले २ हजार ७३६ मतसहित अग्रता कायमै राखेका छन्।
थापा एमालेका राजेन्द्र पोखरेलभन्दा ८६० मतले अगाडि छन्। एमालेका पोखरेलले १ हजार ८७६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार रुद्रप्रसाद चिमरियाले ८११ मत प्राप्त गरेका छन्।
थापा नेपाली कांग्रेसले टिकट नदिएपछि वागी उमेदवारी स्वरुप बनघोडा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका थिए ।