चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच तिब्र प्रतिस्पर्धा भइरहेको छ । अपडेट अनुसार सुवेदीले ३३४२ मत पाएका छन् भने दाहालले ३३२७ मत पाएकी छन् । उनीहरुबीच १५ मतको अन्तर छ ।
गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ३७१६ र राप्रपाकी हिमला गुरुङले २६६५ मत ल्याएकी छन् ।
हाल वडा नम्बर तीनको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार एमालेका विकास थापाले ६७७ मत ल्याएका छन् भने कांग्रेसका भरत लामिछानेले ४२९ मत ल्याएका छन् ।