हरिकृष्णको वडामै एमालेको बिल्लीबाठ, अध्यक्षमा स्वतन्त्रका उमेदवार विजयी 

हरिकृष्णको वडामै एमालेको बिल्लीबाठ, अध्यक्षमा स्वतन्त्रका उमेदवार विजयी 

२०७९, जेठ २ सोमवार

  • 1.5K
    SHARES

  • हरिकृष्णको वडामै एमालेको बिल्लीबाठ, अध्यक्षमा स्वतन्त्रका उमेदवार विजयी 

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ मा एमालेले लज्जास्पद हार व्यवहोरेको छ । 

    सोमवार सबेरै बिहान प्रकाशित अन्तिम मत परिणाम अनुसार अध्यक्षमा स्वतन्त्र उमेदवार जयराम महत विजयी भएका छन् । उनी एक हजार २७ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्रीकुमार श्रेष्ठले ९२९ मत प्राप्त गरे । उनी विसं २०७४ मा निर्वाचित वडाध्यक्ष हुन् । कांग्रेसका ज्ञानकुमार श्रेष्ठले भने ७९४ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, एक जना बाहेक सबै सदस्यमा नेपाली कांग्रेसले जितेको छ । महिला सदस्यमा भने एमाले विजयी भएको छ । कांग्रेसबाट खुला सदस्यमा राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार निर्वाचित भएका छन् । 

    महिला वडासदस्यमा भने एमालेका गोमा श्रेष्ठ विजयी भएकी छन् । 

    यससँगै आफ्नो पकड क्षेत्र मानि निश्चित रुपमा विजयको आशा गरेको वडामा एमालेलाई नराम्रो धक्का लागेको छ । मेयरका आकांक्षी तथा वागमती प्रदेश समिति सदस्य हरिकृष्ण श्रेष्ठको वडामै एमालेले नराम्रो हार व्यवहोरेको हो । 

    त्यसैगरि, नेपाली कांग्रेसका मेयर र उपमेयरका उमेदवारले क्रमशः १४४६ र १२१८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मेयर र उपमेयरका उमेदवारले क्रमशः ९२९ र ९८४ मत मात्र प्राप्त गरेका छन् । 

    २०७९, जेठ २ सोमवार०८:३१:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार