काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उनी ११९८८ मत प्राप्त गर्दै बिजय भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर बोहराले ७८०८ मत प्राप्त गरेका छन् ।
त्यसै गरि उपमेयरमा नेपाली कांग्रेसका उमेदवार श्री सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजयी भएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी भवानी डोटेलले ८००६ मत प्राप्त गरिन् । यहाँ ३ वटा वडा बाहेक सबै वडामा नेपाली कांग्रेसले जीतेको छ ।