ताप्लेजुङको सिदिङ्वाको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा एमाले स्वतन्त्र एक मतले पराजित 

ताप्लेजुङको सिदिङ्वाको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा एमाले स्वतन्त्र एक मतले पराजित 

२०७९, जेठ ३ मंगलवार

  • 1.3K
    SHARES

  • ताप्लेजुङको सिदिङ्वाको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा एमाले स्वतन्त्र एक मतले पराजित 

    ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका, ताप्लेजुङको अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार प्रदीप राईलाई ७०३ मत अन्तरले पराजित गरेका हुन् । 

    मानबहादुरले ३०८५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले २३८२ मत ल्याए ।

    त्यस्तै, उपप्रमुखमा भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमारी कडरिया निर्वाचित भएकी छन् । माओवादी केन्द्रकी कडरिडाले एमाले समर्थित स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई एक मतको अन्तरले हराएकी हुन् ।

    कडरियाले २३०६ मत ल्याउँदा ताम्लिङले २३०५ मत पाएका थिए ।

    २०७९, जेठ ३ मंगलवार०८:०४:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार