धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।
धनकुटा नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५ वटा वडामा एमालेले जित हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार धनकुटा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ ७ हजार ६६६ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार दिनेश राईलाई १४ मतान्तरले पराजित गरेका हुन् । पराजित दिनेश राईले ७ हजार ६५२ मत ल्याएका छन् ।