चिङगाडको अध्यक्षमा एमालेका जिसी विजयी

चिङगाडको अध्यक्षमा एमालेका जिसी विजयी

२०७९, जेठ ३ मंगलवार

  • 1.4K
    SHARES

  • चिङगाडको अध्यक्षमा एमालेका जिसी विजयी

    सुर्खेत । सुर्खेतको चिंङगाड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोरप्रसाद शर्मालाई १ सय २ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    जिसीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी शर्माले ३ हजार २ सय ६२ मत प्राप्त गरेका निर्वाचन अधिकारी उपेन्द्र केशर खनालले बताए । 

    रोकायका प्रतिद्वन्द्वी मनमाया आचार्यले ३ हजार १ सय ९८ मत प्राप्त गरेकी थिइन् । जिल्लाको सबै भन्दा कम मतदाता रहेको चिङगाडमा कुल १० हजार ७ सय २९ मध्ये ७ हजार २ सय ७५ मत खसेको निर्वाचन अधिकारी खनालले जानकारी दिए ।

    उनका अनुसार ६ वटा मात्र वडा रहेको चिङगाड गाउँपालिकाको १, ४ र ५ वडाध्यक्षमा समेत एमालेले जितेको छ भने काँग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।

    २०७९, जेठ ३ मंगलवार०३:५०:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार