झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा विजयी

झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा विजयी

२०७९, जेठ ४ बुधवार

  • 2.0K
    SHARES

  • झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा विजयी

    विर्तामोड । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रविन्द्र लिङ्देन पुनः निर्वाचित भएका छन् । उनले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । 

    उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याएका छन् । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । 

    त्यस्तै अध्यक्षका उम्मेदवार बनेका काँग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरेका छन् । 

    पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् । मैनालीले पाँच हजार ७८ मत ल्याइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याइन् ।  

    माओवादी केन्द्रकी टीकादेवी राउतले एक हजार ४५३ र काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याएका छन् । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।

    २०७९, जेठ ४ बुधवार०७:४४:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार