काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा भोट खसाएका थिए ।
प्रारम्भिक २०० मत गन्दा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् भने ६० मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ४६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै काँग्रेसकी सिर्जना सिंहको ३३ मत प्राप्त गरेकी छन् ।
समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ भने स्थापितले ९,०२१ र सिंहले ८,१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेका छन् ।