घोराही उपमहानगरपालिकामा एमाले विजयी

घोराही उपमहानगरपालिकामा एमाले विजयी

२०७९, जेठ ५ बिहिवार

  • 1.9K
    SHARES

  • घोराही उपमहानगरपालिकामा एमाले विजयी

    दाङ । दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । 

    प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चौधरी निवर्तमान नगरप्रमुख हुन् । 

    उपप्रमुखमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे ।  

    उन्नाइस वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो । 

    उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६ प्रतिशत) मत खसेको थियो ।

    २०७९, जेठ ५ बिहिवार०८:०५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार