भद्रपुरको प्रमुखमा काँग्रेस र उपप्रमूखमा राप्रपा विजयी

भद्रपुरको प्रमुखमा काँग्रेस र उपप्रमूखमा राप्रपा विजयी

२०७९, जेठ ५ बिहिवार

  • 1.2K
    SHARES

  • भद्रपुरको प्रमुखमा काँग्रेस र उपप्रमूखमा राप्रपा विजयी

    झापा । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित भएका हुन् ।  

    पोखरेलले नेकपा (एमाले) का असारु राजवंशीलाई पराजित गरे । उनले १२ हजार ५२५ मत प्राप्त गरे ।  

    राजवंशीले नौ हजार ७५९ मत ल्याए । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरेका छन् ।  

    नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाए ।  

    भद्रपुरमा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । 

    जिल्लाका १५ पालिकामध्ये हालसम्म दुई नगरपालिका र तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने १० वटामा मत गणना जारी छ ।

    २०७९, जेठ ५ बिहिवार०९:२६:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार