दमक । झापाको दमक नगरकालिकाको प्रमुख पद राप्रपाले जितेको छ। मेयर पदका राप्रपाका उम्मेदवार राम थापा विजयी भएका हुन् ।
यससँगै थापाको दमकको मेयर बन्ने सपना पनि पूरा भएको छ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकको मेयर पदका लागि सत्ता गठबन्धनले राप्रपाको सहारा लिएको थियो।
थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छन्। उनले १३ हजार ९३१ मत प्राप्त गरेकी छन् भने उनका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन्।