भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित

भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित

२०७९, जेठ ६ शुक्रवार

  • 1.3K
    SHARES

  • भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित

    दमौली। तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी भएकी छन् ।

    त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी भएकी हुन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गरेका थिए ।

    उपप्रमुखमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी भएकी छन् भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गरेका छन् । ४० हजार ९६६ मतदाता रहेको भानुमा २५ हजार ५७२ मत खसेको थियो ।

    १३ वडामध्ये काँग्रेसले ९, एमालेले २ र स्वतन्त्रले २ वडामा विजय हासिल गरेको छ । भानु-१ को वडाध्यक्षमा काँग्रेसका कान्छीमाया तामाङ, वडा नं-२ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३- को अध्यक्षमा काँग्रेसका तुलकुमार गुरुङ, ४- को अध्यक्षमा काङ्ग्रेसकै अर्जुनबहादुर बोहोरा, ५-को अध्यक्षमा काँग्रेसका नहकूल अधिकारी, ६- को अध्यक्षमा काँग्रेसका धीरेश खनाल, ७- को अध्यक्षमा काँग्रेसका खुमप्रसाद श्रेष्ठ, ८- को अध्यक्षमा काँग्रेसका ईश्वरबहादुर घिमिरे, ९- को अध्यक्षमा एमालेका मिन गुरुङ, १०- को अध्यक्षमा काँग्रेसका हरिहर उप्रेती, ११- को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२- को अध्यक्षमा काँग्रेसका बेलबहादुर अधिकारी र १३- को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी भएका छन् ।

    २०७९, जेठ ६ शुक्रवार१२:५१:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार