गोलाप्रथाको पिडा बिर्साउँदै कांग्रेसका हुकुमसिंह राई बने कमल गाउँपालिकाको अध्यक्ष

गोलाप्रथाको पिडा बिर्साउँदै कांग्रेसका हुकुमसिंह राई बने कमल गाउँपालिकाको अध्यक्ष

२०७९, जेठ ९ सोमवार

  • 1.4K
    SHARES

  • गोलाप्रथाको पिडा बिर्साउँदै कांग्रेसका हुकुमसिंह राई बने कमल गाउँपालिकाको अध्यक्ष

    दमक । झापाको कमल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हुकुमसिंह राई निर्वाचित भएका छन्।

    उपाध्यक्षमा नेकपा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएकी छन्।

    अध्यक्षमा निर्वाचित राईले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे ।

    निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले ९ हजार ६ सय ५३ मतमात्र पाए ।

    उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् ।

    न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।

    अध्यक्षमा पदमा निर्वाचित राई २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग बराबरी मत ल्याएपछि गोला प्रथामा पराजित भएका थिए।

    २०७९, जेठ ९ सोमवार०७:३४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार